४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित



अ+ अ-

एजेन्सी । विश्व च्याम्पियन अस्ट्रेलियाले २०२३ को एकदिवसीय विश्वकपपछि पहिलो हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाको टोली इङ्ल्यान्डसँग डिएलएस (डकवर्थ लुइस स्ट्याण्डर्ड) विधिबाट ४६ रनले पराजित भएको हो ।

यो जितसँगै ५ खेलको शृङ्खलामा २–० ले पछि परेको इंग्ल्याण्डले १–२ को पुनरागमन गरेको छ । सिरिजको चौथो खेल सेप्टेम्बर २७ मा लर्ड्समा हुनेछ ।

चेस्टर–ले–स्ट्रिटमा मंगलबार राति भएको वर्षाले प्रभावित खेलमा आयोजक टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । जवाफी इनिङ्समा इङ्लिस टोलीले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएपछि वर्षाले खेल रोकिन पुगेको थियो ।

अन्त्यमा डीएलएस विधि अन्तर्गत इंग्ल्याण्ड ४६ रनले विजयी घोषित भयो । इंग्ल्याण्डका ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच घोषित भए । ब्रुकले ९४ बलमा अविजित ११० रन बनाए ।

टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात खासै राम्रो रहेन । टोलीले ५० रनमै ओपनरको विकेट गुमाएको थियो । कप्तान मिचेल मार्स ३८ बलमा २४ रन बनाएर आउट भए भने म्याथ्यु सर्ट १४ रन बनाएर आउट भए । जोफ्रा आर्चरले सर्टलाई आउट गर्दै कंगारु टोलीलाई पहिलो झट्का दिए । त्यसपछि ब्रायडन कार्सले क्याप्टेन मार्सलाई प्याभिलियन पठाए ।

प्रारम्भिक विकेट खसेपछि स्टिभ स्मिथ र क्यामरुन ग्रीनले इनिङ्सलाई सम्हालेका थिए । दुवैले ९६ बलमा ८४ रनको साझेदारी गरे । यी दुवै ब्याट्सम्यानले रक्षात्मक दृष्टिकोण अपनाए । स्मिथले टेस्ट जस्तो इनिङ खेले । उनले ८२ बलमा ६० रन बनाए । क्यामरुन ग्रीनले ४९ बलमा ४२ रनको योगदान दिए ।

शीर्ष ५ ब्याट्सम्यान २०० रन भित्रै आउट भएपछि टोलीका तल्लो ब्याट्सम्यानले ३०० भन्दा माथिको स्कोर पुर्याएका थिए । विकेटकिपर एलेक्स क्यारीले ६५ बलमा ७७ रनको अविजित इनिङ खेले । उनले आफ्नो एकदिवसीय करियरको १० औं अर्धशतक बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले ३० रन र आरोन हार्डलीले ४४ रनको योगदान दिए ।

इंग्ल्याण्डका जोफ्रा आर्चरले २ विकेट लिए । ब्रायडन कार्से, ज्याकब बेथन, विल ज्याक र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात खराब रह्यो । टोलीले ११ रनमा ओपनरको विकेट गुमाएको थियो । मिचेल स्टार्कले फिल साल्टलाई शून्य र बेन डकेटलाई ८ रनको व्यक्तिगत स्कोरमा प्याभिलियन पठाए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका विल ज्याक र विकेटकिपर ह्यारी ब्रुकले तेस्रो विकेटका लागि १४८ बलमा १५६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । विल ज्याक ८४ रन बनाएर आउट भए भने ब्रुकले ११० रनको अविजित इनिङ खेले । लियाम लिभिङस्टोनले ३३ रनको योगदान दिए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र क्यामरुन ग्रीनले २–२ विकेट लिए । स्टार्कले दुवै ओपनरलाई प्याभिलियन पठाएपछि ग्रीनले विल ज्याकलाई आउट गरेर ब्रुकसँगको साझेदारी तोडेका थिए । उनले जेमी स्मिथलाई पनि आउट गरेका थिए ।