२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो

राजधानीमा अत्याधुनिक सार्वजनिक शौचालय

राजधानीमा अत्याधुनिक सार्वजनिक शौचालय
अ अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका मङ्गलबजारस्थित नमुना सार्वजनिक शौचालय प्रयोग गर्न पहिलो पटक पुग्नुभएकी स्यारोन ब्लोनलाई शौचालय बाहिर रहेको काउन्टरबाट कर्मचारीले एउटा क्वाइन दिएर शौचालयभित्र पठाए ।

अन्य स्थानमा शौचालय प्रयोग गरेपछि ५र१० रुपियाँ तिरे हुन्थ्यो । त्यहाँ शौचालय प्रवेशकै लागि काउन्टरबाट क्वाइन दिँंदा अचम्म मान्दै उहाँ अलमल गर्दै भित्र पुग्नुभयो । क्वाइन हाल्ने ठाउँ खोज्दै खसाल्नुभयो । मेसिनले भित्र जान हरियो रङको एरोको सङ्केत देखाउँदा स्टिलको बार धकेल्दै भित्र गएर शौचालय प्रयोग गरेपछि पुनः बाहिर आउन खोज्दा स्टिलको बार चलेन ।

साथीले बाहिरको काउन्टरको कर्मचारीलाई बोलाएर साथी बाहिर आउन नसकेको जानकारी दिएपछि त्यहाँका कर्मचारीले बाहिर निस्कन भित्तामा राखिएको हातको चित्रमुनिको डिजिटल बोर्डमा हात देखाउनुहोस्, भनेपछि बल्ल स्यारोन ब्लोन शौचालय बाहिर निस्कन सफल भए ।

त्यसपछि उनको प्रतिक्रिया थियो, “नेपालमा पनि यस्तो शौचालय बन्न थालेछन् अब । मैले विदेशको शौचालय प्रयोग गर्न नजानेर जे पायो त्यही बटम थिच्दा पानीले निथु्रक्क भिज्नुपर्छ रे भन्ने त सुनेको थिएँ । आज यहाँको शौचालय प्रयोग गर्दा नि म झण्डै भित्रै परे ।

उनले शौचालयको भित्तामा रहेका प्याड भेन्डिङ मेसिन, सेन्सरजडित बत्ती, पानीको पर्याप्त सुविधा, चिसो हात सुकाउने ड्रायर लगायतको सुविधा सहितको सार्वजनिक शौचालय देखेर खुसी व्यक्त गर्दै यस्तो शौचालय सहरका केही स्थानमा मात्र भए पनि पानी नखाई बजार निस्कनुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो भने।

ललितपुरको मङ्गलबजारस्थित उक्त शौचालय २५ वर्ष पुरानो हो । विगतमा अव्यवस्थित शौचालयले नयाँ रङ रूप मात्र फेरेको छैन, शौचालय प्रयोगका लागि पुग्ने सेवाग्राही नै छक्क पर्ने गरी सुविधा समेत थपिएका छन् ।

सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित, अव्यवस्थित हुन्छन् भन्ने विचारलाई नै परिवर्तन गर्ने गरी त्यस शौचालयलाई गैरसरकारी संस्था गुथिले एरोसान संस्थाको सहयोगमा आधुनिक सेवा सुविधासहित चिटिक्क बनाएको हो ।

बिहीबार विश्व शौचालय दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त नमुना सार्वजनिक शौचालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख महर्जनले उद्घाटन गर्नुभन्दा केहीछिन अघिसम्म पनि सार्वजनिक शौचालय यतिसम्म सुविधा सम्पन्न हुन्छ भनेर मलाई नै विश्वास भएको थिएन भन्दै गुथिसँग सहकार्य गरेर महानगरपालिकाभरकै शौचालयको अवस्था सुधार्न आतुर रहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायणराज अवालेले स्थानीयले विकासलाई दिगो बनाउन सहयोग गरे यस्ता योजना पनि सफल बनाउन सकिन्छ भन्ने उदाहरण सो नमुना शौचालयमा देखिएको अनुभव सुनाए ।

उक्त सार्वजनिक शौचालयमा आठरआठ घण्टाको फरकमा कर्मचारीले निश्चित पोसाकसहित काम गर्दछन् । साथै जम्मा भएको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि बायोग्यास प्लान्ट जडान गरी ग्यास निकालिएको छ ।

महिला तथा किशोरीले त्यहीँबाट सेनेटरी प्याड किन्ने सुविधासमेत छ । गत वर्ष सार्वजनिक शौचालयको अवस्थाका बारेमा गरिएको सर्वेक्षणमा काठमाडौँ महानगरपालिकामा १५१, ललितपुर महानगरपालिका ५४, मध्यपुर थिमि नगरपालिका १७ र कीर्तिपुर नगरपालिका १८ वटा गरी २४२ वटा शौचालय भए पनि सुविधाविहीन रहेको उल्लेख थियो ।, समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।