९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान



अ+ अ-

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँले बताउनुभयो । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।