२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

एउटै स्कुलका ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि…

एउटै स्कुलका ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि…
अ अ+ अ-

हुम्ला । नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।

‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।

करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए । ‘हामीले उच्च सावधानी अपनाएर पढाइ सुरु गरेका थियौं, तर संक्रमण भित्रिएपछि गाह्रो भयो,’ उनले भने, ‘अब केही समय विद्यालय बन्द गरेर संक्रमण नियन्त्रणमा आउने समय पर्खन्छौं ।’

कोरोना संक्रमण बढे पनि महाबौद्धमा १२ कक्षाको परीक्षा नरोकिने निमित्त प्रअ थापाको भनाइ छ । मंगलबार सुरु हुने परीक्षामा १२ जना परीक्षार्थी छन् । ती विद्यार्थीका साथै परीक्षा केन्द्रका कर्मचारीको पीसीआर परीक्षण गरी उच्च सावधानी अपनाइने केन्द्राध्यक्षसमेत रहेका थापाले जानकारी दिए । कक्षा ११ को परीक्षा भने सोमबार सकिएको छ जसमा ६ जना परीक्षार्थी थिए । नाम्खामा महाबौद्धका विद्यार्थीका साथै स्थानीय कोमजोम गुम्बाका २२ जना भिक्षु र अन्य २ जना गरी ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । लामो समयको लकडाउनपछि हुम्लाका महाबौद्ध र लिमीका दुइटाबाहेक अन्य विद्यालय कात्तिक दोस्रो साताबाट खुलेका थिए । अत्यधिक चिसो हुने यहाँ फागुनमा शैक्षिक सत्र सुरु भएर कात्तिकमा अन्तिम परीक्षा हुने गर्छ । यसपटक कोरोनाको कारण दसैंलगत्तै विद्यालय खुलेका थिए । कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।

संकट व्यवस्थापन केन्द्रले बाहिरबाट आउनेलाई जिल्ला प्रवेशमा पनि रोक लगाएको छ । ‘सबै स्थानीय तहसँग समन्वय गरेर स्वाब संकलन र परीक्षणको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छौं,’ प्रजिअ गिरीले भने, ‘सातवटै पालिकामा कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको छ ।’ लक्षणसहितका संक्रमितलाई बाहिरका अस्पतालमा पठाउन प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको उनले बताए ।

केन्द्रले जिल्ला अस्पतालका थप भेन्टिलेटर माग गर्ने, सिमकोट गाउँपालिकाले जिल्लास्तरीय क्वारेन्टाइन व्यवस्था गर्ने, प्रत्येक गाउँपालिकामा ५ शय्याको आइसोलेसन र १५ शय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।