२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ: रवि लामिछाने



file photo
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा जोडेर सरकाले आफूलाई फसाउने षडयन्त्र गरिहेको आरोप लगाउनु भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च: मतीबाट फेसबुक लाइभ मार्फत सभापति लामिछानेले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको बताउनु भयो ।

उहाँले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

उहाँले भन्नुभयो- गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको छ । उहाँले भन्नुभयो ‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ ,म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उहाँले भन्नुभयो -सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ?राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेरा पेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

उहाँले आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन पनि  आग्रह गर्नुभयो ।लामिछानेले भन्नुभयो ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’

उहाँले भन्नुभयो ‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए,‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

सभापति लामिछानेले आफूलाई सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सफाइ दिइसकेको समेत उल्लेख गर्नुभयो ।

उहाले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट अवैध बाटोबाट भित्रिएको भनिएको पैसा परिचालनका लागि जिम्मेवारी लिने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा मेरो संलग्नता नरहेको भनिसकेको छ । म गोर्खा मिडियामा रहँदा पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । मैले त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन, भागेको छैन, । ’

उहाँले भन्नुभयो संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न म तयार छु । सभापति लामिछानेले भन्नुभयो ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनु भयो ।