४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित



अ+ अ-

काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ ।

नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । विधागततर्पm उत्कृष्ट खेलाडीलाई थप ५० हजार रुपैयाँबाट पनि पुरस्कृत गरिएको थियो ।

च्याम्पियनसिपमा नेपाल पुलिस क्लवकी उषा भण्डारी मेस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउट साइट हिटर घोषित भएकी थिइन् । त्यसबापत उनलाई दुई विधामा उत्कृष्ट पुरस्कार थप गर्दै कुल एक लाख ५० हजार दुई रुपैयाँ पुरस्कृत गरिएको थियो ।

त्यस्तै सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी थिइन् । दुवैलाई पुरस्कार रकमबाट ५० हजार हजार थप गर्दै एक लाख दुई रुपैयाँसहित सम्मान गरिएको थियो । रूपेश विष्ट मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा सुशीला थापा थिए । प्रशिक्षकद्वयसँगै अफिसियललाई पनि समान ५० हजार रुपैयाँसहित सम्मान गरिएके थियो । पूर्वमन्त्री तथा नकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्री र शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सिइओ दीपप्रकाश पाण्डले विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

नेपाल पुलिस क्लवले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । माल्दिभ्समा शनिवार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्बेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ क्लवले प्रतिष्पर्धा गरेका थिए । लिग चरणामा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लवलाई समान ३–० ले हराएको थियो ।

नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लबलाई ३–२ र माल्दिभ्स पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौं एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रश्तुत गरेको हो ।

यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लवकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोटर््स क्लवकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुवन्ध गरेको थियो । —न्युज एजेन्सी नेपाल