२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने



अ+ अ-

काठमाडौं । काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ । ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीन दिनसम्म चल्ने छ ।

किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।

बिभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।

स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ ।