१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताउनुभएको छ ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताउनुभएको हो ।

उहाँले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्‍याएका बताउनु भयो । उहाँले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउनु भयो । उहाँले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताउनु भयो । उहाँले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन । अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पुर्‍याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ । यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन । किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन् । अन्यथा गर्न सक्दैनन् यिनीहरुले । आजैको आन्दोलन हेर्नुस् त, सहकारीकै हेर्नुस् कि बालमन्दिरको ।’

‘आज अखबारमा आएको छ । राप्रपाले त आफ्नो दृष्टिकोण बढो स्पष्ट पारेको छ । सहकारीमा राप्रपाको एकजना माननीय पनि त पर्नु भएको थियो नि । राप्रपा नै त्यस्तो पार्टी हो जसले लेखेर वक्तव्य दिएर के भन्यो भने यदि सहकारीमा हाम्रा कुनै माननीय कसैले बद्मास गर्नुभएको छ भने त्यसमा कारबाही गर्नुस्, हाम्रो सहयोग रहन्छ भनेर । अरु पार्टीले के गरिरहेका छन्, त्यही कुरामा । र शासन गर्ने पार्टी के गरेर बसेको छ रु चल्न सकेको छैन । त्यसैले भ्रष्टाचार यहाँ नियन्त्रण हुँदैन । देश संकटमा जाने भनेको यहीँ हो । अवस्था परिवर्तनको लागि अब व्यवस्था परिवर्तन गर्नुपर्छ । संविधानमा परिवर्तन गर्नुपर्छ । र त्यसको लागि खाइपाइ आएकाले यस्सै छोड्नेवाला छैनन् । तपाईसँग कुरा गर्दैनन् । कुरा गर्ने बाध्यताको तपाईले सिर्जना गर्नुपर्छ । त्यो सिर्जना गर्ने भनेको आन्दोलन हो ।’

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताउनु भयो । उहाँले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताउनु भयो ।