२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई खुला चुनौति दिएका छन् ।

उपाध्यक्ष मिश्रले एक्लै–एक्लै चुनाव लडेको भए उपप्रधानमन्त्री सिंहलाई दुबै पटक आरामले हराइदिने प्रतिक्रिया समेत दिएका छन् ।

सामाजिक सञ्जालमा मिश्रले भनेका छन् – ‘एक्लै–एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह)लाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।’

‘तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ?तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ । याद गर्नुभा’छ ?’ उनले प्रशन गरेका छन् ।

यस्तै, मिश्रले अबको चुनावमा सिंहलाई हराउने दाबी गर्दै त्यसबेला देशको वास्तविक रूपान्तरणको शंखनाद हुने समेत प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् ‘अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र ! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

मिश्र र सिंह काठमाडौँ १ बाट चुनाव लडेका थिए । सिंहले पछिल्लो पटकको निर्वाचनमा मिश्रलाई १२९ मतले हराएका थिए । त्यसअघि पनि मिश्र सिंहसँगै पराजित हुन पुगेका थिए ।