२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । युएईमा अक्टोबर ३ बाट सुरु हुने टी–२० महिला विश्वकप अघि आईसीसीले इभेन्टको अफिसियल गीत ‘ह्वाटएभर इट टेक्स’ सार्वजनिक गरेको छ ।

यसको युट्युब च्यानलमा रिलिज भएको गीतमा साउन्ड ट्रयाकसँगै अफिसियल म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

जसले टूर्नामेन्टको सिनेमेटिक पूर्वावलोकन देखाउँछ । गीतमा महिला क्रिकेटका प्रतिष्ठित क्षणहरूको हाइलाइटहरू समावेश गरिएको छ ।

उद्घाटन खेल बंगलादेश र स्कटल्याण्डबीच अक्टोबर ३ मा शारजाहमा हुनेछ ।

महिला टी–२० विश्वकप अक्टोबर ३ देखि २० सम्म युएईमा हुने छ । यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा ६ पटकको च्याम्पियन अस्ट्रेलिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका छ ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेको छ ।

हेर्नुहोस् गीतः