२ मंसिर २०८१, आईतवार
,
Latest
लमजुङ दरबार निर्माण कार्य ठप्प जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु शेरबहादुर देउवा र आरजु राणा उग्रतारा मेलामा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लङ्घन गरे के हुन्छ कारबाही ? स्थानीय तह उपनिर्वाचन : उम्मेदवारी दर्ता आज कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक: वनमन्त्री शाही कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

साइबर अपराधको आरोपमा प्रसाई आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।