१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत



अ+ अ-

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ।

चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।

उनीहरुको स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल छिसिङसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।

६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित भएपछि एरिका स्वर्णबाट बन्चित भइन् । नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाएकी थिई ।

लगातार तीन बाउट जितेर एरिकाले च्याम्यपियनसिपमा फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४(० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।