२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाली नोटसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

जलेश्वर । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।

गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा–२ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली रु एक हजारका जाली नोट दुई थान बरामद गरेको छ भने निजमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।