१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु

लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु
अ अ+ अ-

एजेन्सी । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ ।  यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो ।

अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् ।

हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

हिजबुल्लाहले उसको तेस्रो वरियताको कमान्डर अली कराके जीवित रहेको बताएको छ । स्रोतका अनुसार राजधानीमा भएको आक्रमणले उनलाई लक्षित गरेको बताएपछि सुरक्षित स्थानमा गएका छन् ।

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानामा नयाँ आक्रमणहरूको खबर दिएपछि हिजबुल्लाहले मङ्गलबार बिहान इजरायली सैन्य ठेगानाहरूमा ‘मिसाइलहरूको वर्षा’ गरेको बतायो ।

इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरूलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ४५ जना घाइते भएको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताउनुभयो ।

पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरूले आकाशमा धुवाँको मुस्लो उडाएको थियो ।

हिजबुल्लाहका लागि सबैभन्दा कठिन साता

हिंसा इजरायलको गाजासँगको दक्षिणी सीमाबाट लेबनानसँगको उत्तरी सीमातर्फ सरेपछि विश्वका शक्तिशाली मुलुकहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको अवस्थाबाट पछि हट्न आग्रह गरेका छन् ।

फ्रान्स र इजिप्टले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई हस्तक्षेप गर्न आह्वान गरेका छन् भने इराकले न्युयोर्कमा राष्ट्रसङ्घीय महासभा बैठक भइरहेका बेला अरब मुलुकहरूको बैठक तत्काल बोलाउन अनुरोध गरेको छ ।

इजरायलका सेना प्रमुख हेर्जी हालेभीले आक्रमणहरूले हिजबुल्लाहले दुई दशकदेखि निर्माण गर्दै आएको लडाकू पूर्वाधारलाई प्रहार गरेको बताउनुभयो ।

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले सोमबारको अभियानलाई ‘महत्त्वपूर्ण शिखर’ भन्नुभएको छ । “यो हिजबुल्लाहको स्थापनादेखि नै सबैभन्दा कठिन साता हो– परिणामले आफैँ बताइरहेको छ”, उहाँले भन्नुभयो, “साताको सुरुमा गरिएका गतिविधिहरूको परिणामस्वरूप धेरै आतङ्कवादी घाइते हुँदा सम्पूर्ण एकाइ युद्धबाट बाहिरिए ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले उत्तरमा ‘सुरक्षा सन्तुलन’ परिवर्तन गर्न काम गरिरहेको बताउनुभयो । रासस