२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा



अ+ अ-

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वल्र्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपाल सधैं सत्य र शान्तिको पक्षमा रहेको बताएका हुन् ।

उनले नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको प्रस्ट पारे । ‘नेपालकै गौतम बुद्ध शान्तिका प्रतीक हुन् । नेपालको विदेश नीतिको आधारभूत नीति नै ‘सबैको मित्रता, कसैसँग पनि छैन शत्रुता’ हो,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल असंलग्न मुलुक हो ।’

प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए । त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीले सोधेको प्रश्नको उत्तर दिएका थिए । ओलीले नेपाल हतियार निशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताए ।

उनले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वबारेको प्रश्नमाथि बोल्दै नेपाल कसैको पनि पक्षमा नरहेको प्रस्ट पारे । उनले सुरुआतमा इजरायलमा हमासले आक्रमण गर्नु गलत भएको भन्दै त्यसपछि इजरायलले विद्यालय र अस्पतालमा गरेको कारबाहीको पनि विरोध गरे ।