२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल) को हेल्प डेस्क उद्घाटनका अवसरमा सोमवार राखेप सदस्यसचिव घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले समावेश गरेलगत्तै सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि डिपिआर तयार भएर गत भदौमा नै खरिद प्रक्रिया अगाडि बढेको बताउनुभएको हो ।

उहाँले निर्माण प्रक्रिया चरणवद्ध रहने र स्टेडियमको बीचमा रहेको बाटोलाई अन्य विकल्पमा सारिने बताउनु भयो । साथै सदस्यसचिव घिसिङले बीचको बाटोलाई अन्य स्थानमा सारेपछि होस्टेल, इन्डोर ट्रेनिङ हल, स्विमिङ पुल, पारापिट, अण्डर ग्राउण्ड पार्किङ र फ्लड लाइट लगायत निर्माण गर्र्दै राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाउने बताउनु भयो ।

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने प्रक्रिया शुरुमा राखेपले अगाडि बढाए पनि अहिले त्यो जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सदस्यसचिव घिसिङले बताएका छन् ।

शुरुका खरिद प्रक्रियामा उजुर परेपछि फ्लड लाइट जडानमा समस्या भएको उल्लेख गर्दैै राखेप सदस्यसचिवले अब शहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण भएकाले एनपिएल अगाडि त्यो बन्छ वा बन्दैन भन्ने बारे आफूलै केही भन्न नसक्ने बताउनु भयो ।

सो अवसरमा सदस्यसचिव घिसिङले राखेपले सबै खेलको काम गर्र्ने भएकाले नेपाल प्रिमियर लिगको तयारीमा प्रभाव नहोस् भनेर फास्ट ट्य्राकमा सहजता उपलब्ध गराउन एनपिएलको हेल्प डेस्क स्थापना गरिएको बताउनु भयो ।

परिषद्को वर्तमान नियमित कार्यशैलीमा अपडेट गर्र्नुपर्ने आवश्यकता देखिएको समयमा हेल्प डेस्कको राखेर सहजीकरण गरिएको सदस्यसचिव घिसिङको भनाइ छ । नेपालमा हुने प्रिमियर लिगलाई प्रोत्साहिन गर्न यस किसिमको कार्यक्रम राखिएको उल्लेख गर्दै अन्य संघले गर्ने लिगमा पनि यसै किसिमको सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपिएल हेल्प डेस्कले यसको आयोजनाका लागि सहजता प्रदान गर्ने आशा व्यक्त गर्दै यो कामले सबैमा सकरात्मक सन्देश प्रवाह हुने बताउनु भयो । डेडिकेटेट डेस्कले एनपिएलको कार्यमा सहजता मिल्ने आशा व्यक्त गर्दै अब सबै प्रक्रिया वान वे सिस्टम अगाडि बढ्ने बताउनु भयो ।

त्यसअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङले रिबन काटेर नेपाल प्रिमियर लिग ९एनपिएल० को हेल्प डेस्कको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा घिसिसङले डिजिटल स्कोर बोर्ड कात्तिकभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढिरहेकको समेत बताउनु भयो ।