१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना
अ अ+ अ-

काठमाडौँ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।

ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै आइतबार संयुक्त राज्य अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, “चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको छ ।

लिनले भन्नुभयो, “अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापक बनाई चिनियाँ कम्पनी तथा उत्पादनविरुद्ध गरिएको विभेदकारी कदम लिएपछि यसकोको चीनले विरोध गरेको छ ।”

उहाँले भन्नुभयो, “चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ ।”

यदि यो नियमको पुष्टि भयो भने, अमेरिका र चीनबीच बढ्दो व्यापार विवादको पछिल्लो वृद्धिको प्रतीक हुनेछ।

गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो । ह्वाइट हाउसका अनुसार विद्युतीय सवारी साधन, ब्याट्री, महत्वपूर्ण खनिज पदार्थ र चिकित्सा उत्पादनजस्ता रणनीतिक क्षेत्रलाई लक्षित गरी १८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा कर वृद्धि भएको छ ।

विद्युतीय सवारी साधनमा यस वर्ष चार गुणाले बढेर १०० प्रतिशत र सेमीकन्डक्टरको शुल्क आगामी वर्ष २५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा यसै महिना यी योजनालाई अन्तिम रूप दिइएको थियो, जहाँ डेमोक्र्याट र रिपब्लिकन दुवैले चीनविरुद्ध कडा अडान देखाउन खोजिरहेका छन्।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनबाट आयात हुने करिब ३०० अर्ब अमेरिकी डलरबराबरको सामानमा लगाइएको करको पुनरावलोकनपछि १८ अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरिएको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सोलार ब्याट्रीलगायत अन्य कर वृद्धिका साथै सेमीकन्डक्टरमा ५० प्रतिशत कर वृद्धि सन् २०२५ देखि सुरु हुने पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाउनुभएको छ ।