१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गर्नुभएको छ ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि काठमाडौँमा आयोजना गर्न लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भूटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूपरिवेष्ठित भूबनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दा हुन् ।”
।

भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले भूटानी मन्त्री छिरिङलाई बधाई ज्ञापन गर्नुभयो । “भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको सङ्घीय संसद्ले नेपाल–भूटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

नेपाल र भूटानले दुई देशबीचको व्यापारको पूर्ण सम्भावनालाई साकार पार्न प्राथमिकतामा आधारित व्यापार वार्ता सम्झौता गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल र भूटान दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन (नाम) र क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क)लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य रहेर र यी संस्थामा हाम्रा साझा विषयहरुमा पहल गरिरहेका छौँ ।”

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जलविद्युत् विकास, वातावरण संरक्षण, अर्गानिक कृषि प्रविधि, उद्योगको क्षेत्रमा भूटानी अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपालले लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ थियो ।

विकसित हुँदै गइरहेको व्यापार सम्बन्धले दुवै देशले आ–आफ्नो अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आर्थिक आदानप्रदानबाट प्राप्त हुने पारस्परिक लाभ लिन सकिने उहाँको भनाइ थियो । उहाँले नेपालले भूटानको सफल जलविद्युत् विकासबाट महत्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो ।

भूटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले धार्मिक रुपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै मन्त्री छिरिङले दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।