२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने



अनुरा कुमारा दिसानायका
अ+ अ-

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताएका छन् ।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुन् ।

नेशनल पिपुल्स पावर (एनपीपी)का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका छन् ।

श्रीलंकाली मिडियाहरुका अनुसार अनुराको ४४ प्रतिशत मत आउँदा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेको १७ र सजिथ प्रेमादशाको ३३ प्रतिशत मत आएको छ ।

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।