७ मंसिर २०८१, शुक्रबार
,
Latest
‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसंग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने



अनुरा कुमारा दिसानायका
अ+ अ-

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताएका छन् ।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुन् ।

नेशनल पिपुल्स पावर (एनपीपी)का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका छन् ।

श्रीलंकाली मिडियाहरुका अनुसार अनुराको ४४ प्रतिशत मत आउँदा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेको १७ र सजिथ प्रेमादशाको ३३ प्रतिशत मत आएको छ ।

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।