६ आश्विन २०८१, आईतवार
,
Latest
आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत



अ+ अ-

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

चीनमा आईतबार सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित भएपछि उनी स्वर्णबाट बन्चित भइन् । नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाएकी हुन् ।

शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले च्याम्यपियनसिपमा फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।