६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला १७ सयले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि भदौ ३१ गते सुनको मूल्य उच्च रेकर्ड बनाएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार उक्त सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढ्दै एक हजार नौ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।