२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

अमेरिकामा नेपाली कलाकार सम्मानित

अमेरिकामा नेपाली कलाकार सम्मानित
अ अ+ अ-

काठमाडौं । सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । नेपाली कलाकारिताको सम्मानार्थ अवार्ड आयोजना गरिएको हो ।

कार्यक्रममा फिल्म र कलाकारहरुलाई सम्मानस्वरुप पुरस्कार वितरण गरिएको छ । अमेरिकामा रहेको त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो ।

कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता–अभिनेत्री सहित विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा जूरी पुरस्कार प्राप्त गर्ने सिनेमामा ‘टुल्की’ परेको छ । ‘बगान’ सिनेमाबाट उत्कृष्ट अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धर भएका छन् । नायिका केकी अधिकारी’स्टार अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् ।

अभियान श्री पुरस्कारमा अन्तर्राष्ट्रिय मोडलको अवार्ड आङ्तेम्बा शेर्पाले हात पारेका छन्। अनु शाह, गायक नन्दकृष्ण जोशी, अन्तर्राष्ट्रिय वकिल खगेन्द्र जीसीले पनि यो अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै गेहेन्द्र धिमाल स्मृति सम्मान पुरस्कार महादेव त्रिपाठीले जितेका छन् भने रामकेशर बोगटी स्मृति सम्मान डा. घनश्याम खतिवडाले जितेका छन्।

त्यस्तै सातौं एटीए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४ मा एफएस अभिनन्दन पुरस्कार अनिल संग्रौला (निर्देशक), सुमन दाहाल (निर्देशक), सूर्य चन्द (मिडिया पर्सन), बिधान कार्की (निर्देशक), सञ्जय खतिवडा (अभिनेता), शंकर बीसी (कोरियोग्राफर), मीना निरौला (गायिका), याम बराल (गायक), सन्दिप क्षेत्री (अभिनेता), गोविन्द राई (कोरियोग्राफर), ऋचा घिमिरे (अभिनेत्री), जयन्ती शेर्पा (मोडेल)ले प्राप्त गरे ।

सन् २०१६ बाट सुरु भएको यस कार्यक्रमको सातौं संस्करणमा नेपाली चलचित्र निर्णायक समितिमा रवीन्द्र खड्का (संयोजक), शर्मिला मल्ल (सदस्य), नारायण प्रधान (सदस्य), मोहन के. श्रेष्ठ (सदस्य), दुर्गा बिशुराल (सदस्य), सम्मानित अतिथि शम्भुजित बास्कोटा, विशेष प्रशंसा सुनिल पाठक, यात्रा साझेदार जेनट्राभल डक कम रहेका छन्।

अमेरिकाको मेलरोज बलरुममा भएको अवार्ड कार्यक्रमको न्यूयोर्क आयोजक बोर्डमा कृष्ण मल्ल, नवराज श्रेष्ठ, नवराज के.सी, खम एल भट्ट, सुनिल पाठक रहेका थिए ।

त्यस्तै सातौं एटीए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४ नेपाली व्यवस्थापन टोलीमा राजेन्द्र के बिसुराल सह–प्रबन्धक , मदु के श्रेष्ठ सल्लाहकार, राकेश खड्का सल्लाहकार, शंकर एल श्रेष्ठ, गोपाल कायस्थ, शिवहरि बैरागी, रोशन के श्रेष्ठ रहेका थिए। त्यस्तै संयुक्त राज्य अमेरिका व्यवस्थापन र सांस्कृतिक टोलीमा महादेव त्रिपाठी, विक्रान्त बस्नेत, बसन्ती राई, शिव बि.के रहेका थिए ।

नेपाल चलचित्र समाज टोलीका अध्यक्ष कृष्ण मल्ल, मोहन के श्रेष्ठ उपाध्यक्ष, नारायण प्रधान उपाध्यक्ष, राजेन्द्र के बिशुराल महासचिव, टंकनाथ पौडेल सचिव, शंकरलाल श्रेष्ठ कोषाध्यक्ष, दुर्गा बिशुराल सह–कोषाध्यक्ष रहेका थिए ।

त्यस्तै सदस्यहरुमा शर्मिला मल्ल, मदु के श्रेष्ठ, सुनिल कटुवाल, सञ्जय खतिवडा, वाईएल लामा, सुवास खड्का, आरपी पन्त, गोपालकाजी कायस्थ, शिवहरी नेपाल, सन्तोष कार्की, रोशन के श्रेष्ठ, शेखर लामा, किशोर घिमिरे, रवि थापा रहेका थिए ।

कार्यक्रममा संरक्षक शोभित उप्रेती, वरिष्ठ सल्लाहकार (ल्ँक्)मदनदास श्रेष्ठ, अशोक शर्मा, कृष्ण पाठक, उज्वल घिमिरे, रवीन्द्र खड्का, प्रदीप उदय, घनश्याम खतिवडा रहेका छन् । त्यस्तै नेपाल फिल्म सोसाइटी यूएसए टिममा नवराज श्रेष्ठ, विक्रान्त बस्नेत, डीपी शर्मा धौराली, राजकुमार काफ्ले, कृष्ण सुनार, प्रमिला कार्की, श्याम भट्टराई, अनिल संग्रौला, महादेव त्रिपाठी, सुनिल पाठक रहेका थिए ।

अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा मनमोहक कला प्रदर्शन भएको थियो । अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजकले बताएका छन् । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को लगायत शहरमा सफलतापूर्वक सम्पन्न भएको थियो ।