६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार नेपालमा कोरोना संक्रमितको संख्या १६७४ पुग्यो, ७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । शनिबार नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ७४ नयाँ कोभिड १९ संक्रमित थपएिको छ। यससहित नेपालमा संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा नै २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्।

यससँगै नेपालमा कोभिड १९ ठिक हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। अहिले २४ हजार ९ जना संक्रमित आइसोलेसनमा छन् भने ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। आज थप ७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय पार भएको छ। संक्रमणकै क्रममा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको हो।