६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टामा काठमाडौँ उपत्यकामा ८९९ संक्रमित थपिए



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ८९९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३८७ महिला र ५१२ पुरुष गरि ८९९ जना संक्रमित भएका हुन् । त्यस्तै काठमाडौँमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १० हजार १०१ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ७६९ र ललितपुरमा २१ सय १४ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७१ हजार ८५६ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ६ हजार ५३२ र ललितपुरका ९ हजार ९०९ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३१६ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८४ जना र ललितपुरका ९० जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँमा कुल ८२ हजार २७३ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ३८५ र ललितपुरका १२ हजार ११३ जना संक्रमित भएका छन् ।