२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस



अ+ अ-

काठमाडौँ । विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन् ।

राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका ती नियोगले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लले आतिथेय मुलुकका उच्च पदस्थ अधिकारी, नेपालका मित्र, कामको सिलसिलामा त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली तथा त्यहाँ सेवारत विभिन्न देशका कूटनीतिकज्ञको उपस्थितिमा स्वागत समारोह आयोजना गर्नुभएको थियो ।

राजदूत भण्डारी, ओली, सुवेदी र काफ्लले संविधान दिवसको महत्वबारे चर्चा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक–सामाजिक उन्नयनका निम्ति प्रवासी नेपालीले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँहरूले विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्ने तथा ज्ञान र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गर्नुभएको थियो ।