५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुनुहुनेछ ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उहककाको धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की हुनुहुन्छ ।

अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कनुहुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।