३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको हब बन्दै पोखरा



अ+ अ-

गण्डकी । नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ । पोखरा र यस आसपासमा मात्र नभई देशका विभिन्न जिल्लाबाट पोखरा अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विभिन्न तह र विषयमा अध्ययन अध्यापन हुने यहाँ पोखरा विश्वविद्यालयसँगै सङ्घीय शासन व्यवस्थाको कार्यान्वयन पश्चात गण्डकी प्रदेश सरकारको सक्रियतामा गण्डकी विश्वविद्यालय सञ्चालनमा आएको छ । पछिल्लो समयमा विश्वविद्यालयमा सञ्चालनमा आएका नयाँ नयाँ विषयमा विद्यार्थीको आकर्षण बढिरहेको पोखरा विश्वविद्यालयका डीन डा अजय थापा बताउनुुहन्छ ।

“नयाँ कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो छ”, उहाँले भन्नुुभयो, “विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेकामा गत वर्षकाभन्दा बढी सङ्ख्यामा विद्यार्थीले आवेदन भरेका छन् ।”

स्नातक तहमा गत वर्षभन्दा झण्डै तीन सय ५० जना बढी विद्यार्थीले आवेदन दिएको उहाँले जानकारी दिनुुभयो । पोखरामा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनका लागि राम्रा शैक्षिक संस्थार हेका कारण अध्ययनकै लागि यहाँबाट बाहिर जानुपर्ने अवस्था नरहेको शिक्षासेवी एवम् कालिका बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रवीन्द्रनाथ बाँस्तोलाले बताउनुुभयो ।

पछिल्लो समयमा कक्षा १२ पढेपछि विदेश जाने क्रमले समग्रतामा स्नातक तहमा विद्यार्थीको सङ्ख्या कम हुँदैगएको देखिए पनि पोखराबाट अध्ययनकै लागि बाहिर जानुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । “अहिले अध्ययनका लागि मात्रभन्दा पनि आर्थिक उपार्जनसँग समेत जोडिएर विद्यार्थी पढ्नका लागि विदेशिएको देखिन्छ”, उहाँले भन्नुुभयो,“पोखरामा विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त क्याम्पसका साथै गुणस्तरीयतालाई दृष्टिगत गरी अध्ययनअध्यापन गराउँदै आएको पाइन्छ ।”

कास्कीमा १९५८ सालमा देव शमशेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो ।

भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्षित गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो । सुरुमा नदीपुरस्थित नारायणस्थानको पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेशनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो । सो विद्यालय स्थापना एवं सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो । यसरी सुरु भएको पोखराको शिक्षाको विकाससँगै पछिल्ला वर्षमा के साधारण के प्राविधिक हरेक किसिमको शिक्षा पाउन थालिएसँगै यो शिक्षाको केन्द्र बन्दै गएको छ ।

पृथ्वीनारायण क्याम्पसदेखि पछिल्ला समयमा यहाँ खोलिएका क्याम्पसले यहाँको शैक्षिक विकासमा ठूलोे योगदान पुर्‍याएका छन् । लेखनाथको ढुङ्गेपाटनमा स्थापित पोखरा विश्वविद्यालय होस् वा लेखनाथकै मालमूल फाँटमा गण्डकी प्रदेश सरकारको सक्रियतामा खोलिएको गण्डकी विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रमका साथ अघि बढेको छ ।

गण्डकी विश्वविद्यालयले स्थापनाको छोटो समयमा नै विभिन्न नयाँ कार्यक्रमका साथै विश्वका विभिन्न प्राज्ञिक संस्थासँगसम्बन्ध विस्तार गर्दै अघि बढिरहेको रजिष्टार डा कैलाश तिमल्सिनाले बताउनुुभयो । पोखरामा दुई विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक, निजी तथा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । पोखरामा हाल १३ सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् ।