काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।
योसंगै हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।
त्यस्तै हालसम्म पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।











