१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै
अ अ+ अ-

एजेन्सी । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भाग्नुभएको थियो भने विक्रमासिङ्घेले सङ्कटका समय देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनुपहिलेको अवस्थामा पुर्‍याउनुभएको छ ।

निर्वाचनमा आफूलाई मतदान गर्न आह्वान गर्दै प्रचारको अन्तिम समयमा विक्रमासिङ्घेले भन्नुभयो, “सबै आशा हराएको पहिलेको समयलाई सोच्नुहोस् र कसलाई मतदान गर्ने फैसला गर्नुहोस् । हामीले सत्ता सम्हाल्दा खाना, ग्यास, औषधि पाउनसक्ने कुनै आशा थिएन।”

उहाँले भन्नुभयो, “अब तपाईंसँग विकल्प छ। तपाईं आतङ्कको अवधिमा फर्कन चाहनुहुन्छ कि प्रगति गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुहोस्।”

तर विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू प्रा गर्दा नागरिकहरू उहाँसँग ख्शी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उहाँ सङ्कटका समय नेतृत्व गरेको र देशलाई थप वर्वादीत् िजानबाट रोक्न सकेकोमा आफु बिजयी हुनेमा आशावादी हुनुहुन्छ ।

विज्ञहरूका अनुसार श्रीलंकाको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिवद्धता अनुसार फेरी आएको छ ।

विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताउनुभएको छ ।

“निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ,” अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा भनिएकोे छ ।