काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभरी थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो र ति मध्ये ९५७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
आजको कोरोना संक्रमितसंगै नेपालमा अब कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् भने सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ मात्र रहेको छ ।











