८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकाका खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार माइतीघरमा प्रभावित क्षेत्रका बासिन्दाहरूले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दाको फैसलामा वाग्मती, विष्णुमतीलगायतका नदीहरुमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो ।

‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आदिवासीको अधिकार सुरक्षित गर’, ‘खोलानदीको मापदण्ड खारेज गर’ भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

राजेन्द्र महतो, सुमन सायमी लगायतले सडकमा नै सुतेर विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए ।