काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । स्वाव संकलन गर्दा परिचय पत्र हेर्न मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले निर्देशन दिएको हो त्यस्तै सबै प्रयोगशालाले क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाउन लागू गर्न पनि भनिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गर्ने निर्णय पनि गरेको छ ।
साथै इनकन्क्लुसिभ रिपोर्ट (नेगेटिभ वा पोजेटिभ यकिन नभएको) आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिइएको छ ।











