३० कार्तिक २०८२, आईतवार
,
Latest
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन ‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए शान्ता चौधरीको अचारको आउटलेटमा आगलागी सुनसरी पुगेर अध्यक्ष लिङ्देनले फेरि भने–चुनाव अघि नै राजा, जेन–जी र राजनीतिक दलबीच नयाँ समझदारी… मधेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण : सर्वोच्चको आदेश आजै आउन सक्ने ‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’ कुखुरापालनबाट मासिक एक लाख आम्दानी प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह



अ+ अ-
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताउनुभएको छ ।
मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरु सच्याउन सकिने बताउनु भयो । अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि बिस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरु अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ ।’
प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।