१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह
अ अ+ अ-
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताउनुभएको छ ।
मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरु सच्याउन सकिने बताउनु भयो । अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि बिस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरु अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ ।’
प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।