२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आइएमई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा चौथो पटक सम्मानित

आइएमई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा चौथो पटक सम्मानित
अ अ+ अ-

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । 

यसअघि यस कम्पनीलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौँ राष्टिय कर दिवसका अवसरमा आज आइएमइ सहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरिएको कर विभागले आज विज्ञप्ति प्रकाशन गरेर जनाएको छ । 

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग सञ्जालमार्फत् नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । 

आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । नेपालको रेमिटेन्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ । 

संसारका विभिन्न देशमा रहेको यो कम्पनीको यही सेवाका कारण धेरै जसो विदेशमा तथा स्वदेशमै रहेका नेपाली नागरिकहरुमाझ पनि आइएमआई गर्ने भन्ने एउटा पर्याय नै भएको छ ।   

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिइरहेको छ । 

यस संस्थाले विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूभागमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको सो संस्थाद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।