२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै

नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै
अ अ+ अ-

 

काठमाडौ  । राजस्व सचिव रामशरण पुडासैनीले कर प्रशासनमा सुधार भएकाले कर कानूनको परिपालिना र कर तिर्ने भावनाको विकास हुँदै गएको बताउनुभएको छ । 
‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव पुडासैनीले कर प्रशासनमा भएको सुधारले कर कानूनको पालना हुनुका साथै नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै गएको बताउनुभएको हो ।

कर प्रणालीको संयन्त्रमा निजी क्षेत्रबाट अपेक्षा अनुसारको सहयोग प्राप्त भएको बताउनुभयो । यसबाट कर प्रशासनलाई आन्तरिक कारोबारमा आधारित कर प्रणाली तर्फ उन्मुख बनाउन सहज भएको उहाँको भनाई छ । यस्तै करका दरहरुको पुनरावलोकनमा निजी क्षेत्रले उठाउँदै आएको मागहरुमा सरकारको ध्यान केन्द्रीत भएको पनि उहाँले बताउनुभयो । यस्तै कर प्रशासनलाई थप प्रभावकारी बनाउन कर कम्लायन्समा ध्यान दिनुपर्नेमा समेत राजस्व सचिव पुडासैनीले जोड दिनुभयो । 

आर्थिक गतिविधि, भौगोलिक अवस्था, प्रशासनिक सुगमता तथा कर सम्भाव्यताको आधारमा संगठनात्मक पुनरसंरचना गर्दै नयाँ कार्यलयको विस्तार एवं स्तरोन्नतीमा आन्तरिक राजस्व विभागले जोड दिदै आएको छ । विभागले हाल देशभर ८४ वटा कार्यालय मार्फत आन्तरिक राजस्व सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा झण्डै १२ लाख करदाता थप भई कुल करदातासको संख्या ३५ लाख ७६ हजार भन्दा बढी पुगेको छ । यस्तै आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाताको नाम पनि सार्वजनिक गरेको छ । सरकारले हरेक बर्षको मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउने गरेको छ ।

सो दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ । तर यस बर्ष कोभिड–१९ संक्रमणको बढ्दो जोखिममा कारण कर दिवस विशेष सप्ताह समापन समारोहमा उत्कृष्ट करदाताहरुको नाम मात्र सार्वजनिक गरेको हो । यस बर्ष व्यक्तिगत आयकरतर्फ सबै भन्दा बढी आयकर तिरेवापत व्यवसायी विजय कुमार शाह सम्मानीत हुनुहुने भएको छ । यसअघि लगातार चार वर्ष सम्म सबै भन्दा धेरै कर सिदार्थ शमशेर राणाले तिर्दै आउनुभएको थियो । यो पटक भने शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुनुहुने भएको हो । शाह जाउलाखेल ग्रुप अफ कम्पनीका मालिक हुनुहुन्छ ।

व्यक्तिगत आयकरतर्फ राणा पछि परेपनि उहाँ उपाध्यक्ष रहेको सूर्य नेपाल यसपटक पनि सबैभन्दा बढी कर तीर्ने करदाताबाट सम्मानीत हुने भएको छ । पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ । उक्त सिमेन्ट उद्योग गत बर्ष पनि सोही विधामा सम्मानित भएको थियो । सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योगतर्फ हिमाल पावर र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्पूर्ण एग्रो सम्मानित भएको छ । डाबर नेपाल र अन्पूर्णले गत बर्ष पनि सेही विधा बाटै सम्मानीत हुने भएको छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थातर्फ नविल बैंक, बीमा व्यवसायतर्फ नेपाल पूनर्वीमा कम्पनी, सहकारी संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इनकर्पोरेट प्राली, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल)सम्मानीत हुने भएको छन् । मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभीत्र पर्ने सबै भन्दा धेरै आयकर तीर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । आइतबार सार्वजनिक भएका उत्कृष्ट करदाताहरुलाई विशेष समारोहबीच सम्मान गरिने पनि विभागले बताएको छ ।