२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

ओमिक्रोनबाट ६७१ जना प्रहरी संक्रमित

ओमिक्रोनबाट  ६७१ जना प्रहरी संक्रमित
अ अ+ अ-

काठमाडौ । कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएका छन् । सक्रमित संख्या धेरै नै भएपनि स्वास्थ्य जटिलता नदेखिएको नेपाल प्रहरीले जनाएको छ ।  प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताउनु भएको हो । न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको ओमिक्रोन, कोभिडको तेस्रो भेरियन्टको महामारीमा नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरुको पनि त्यसमा समस्या देखिएको अवस्था छ । तर ठूलो संख्यामा नेपाल प्रहरीका कर्मचारीहरुको दोस्रो मात्रा खोप पनि लिईसकेको अवस्छ भने अर्को फ्रन्ट लाईनमा खटिने प्रहरी कर्मचारीहरुलाई तेस्रो खोप अथवा बुष्टर डोज दिने प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा जतिपनि ओमिक्रोनबाट विरामी भएका जतिपनि प्रहरी कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई त्यस्तो क्रिटिकल अवस्था भएको छैन । बढि रहेको अवस्थामा चाँही निश्चय पनि धेरै प्रहरी कर्मचारीहरु क्रमशः यसबाट पीडित हुँदै गईराखेको अवस्था छ । तथापि त्यस्तो जटिल स्वास्थ्य अवस्था चाँही नरहेको अवस्था छ । जसले गर्दाखेरी हामीलाई दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन ।’

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहो¥याउनु भयो । प्रवक्ता केसीले भन्नु भयो, ‘बुष्टर खोप लगाउने काममा पनि जटिलता छैन ।

काठमाडौंमा त सहज तरिकाले जस्तो नेपाल प्रहरी अस्पताल, अनुरोध भईआएको पुलिस एकेडेमीलगायत सरकारी अस्पतालहरुमा गएर पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा गएर बुष्टर खोप लगाउन सकिहाल्नु हुन्छ । त्यो व्यवस्थापन हामीले मिलाएकै छौं । अन्यत्र पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा र नेपाल सरकारको जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहने इकाई जस्तो तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्महरुमा पनि व्यवस्थापन गरेर त्यही गएर पनि तेस्रो डोज लगाउने व्यवस्था मिलाईएको छ । जसले गर्दाखेरी भ्याक्सिन भर्खर सुरु हुँदैछ । त्यसमा त्यस्तो अप्ठ्यारो महसुस छैन ।’