१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

ओमिक्रोनबाट ६७१ जना प्रहरी संक्रमित

ओमिक्रोनबाट  ६७१ जना प्रहरी संक्रमित
अ अ+ अ-

काठमाडौ । कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएका छन् । सक्रमित संख्या धेरै नै भएपनि स्वास्थ्य जटिलता नदेखिएको नेपाल प्रहरीले जनाएको छ ।  प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताउनु भएको हो । न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको ओमिक्रोन, कोभिडको तेस्रो भेरियन्टको महामारीमा नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरुको पनि त्यसमा समस्या देखिएको अवस्था छ । तर ठूलो संख्यामा नेपाल प्रहरीका कर्मचारीहरुको दोस्रो मात्रा खोप पनि लिईसकेको अवस्छ भने अर्को फ्रन्ट लाईनमा खटिने प्रहरी कर्मचारीहरुलाई तेस्रो खोप अथवा बुष्टर डोज दिने प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा जतिपनि ओमिक्रोनबाट विरामी भएका जतिपनि प्रहरी कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई त्यस्तो क्रिटिकल अवस्था भएको छैन । बढि रहेको अवस्थामा चाँही निश्चय पनि धेरै प्रहरी कर्मचारीहरु क्रमशः यसबाट पीडित हुँदै गईराखेको अवस्था छ । तथापि त्यस्तो जटिल स्वास्थ्य अवस्था चाँही नरहेको अवस्था छ । जसले गर्दाखेरी हामीलाई दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन ।’

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहो¥याउनु भयो । प्रवक्ता केसीले भन्नु भयो, ‘बुष्टर खोप लगाउने काममा पनि जटिलता छैन ।

काठमाडौंमा त सहज तरिकाले जस्तो नेपाल प्रहरी अस्पताल, अनुरोध भईआएको पुलिस एकेडेमीलगायत सरकारी अस्पतालहरुमा गएर पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा गएर बुष्टर खोप लगाउन सकिहाल्नु हुन्छ । त्यो व्यवस्थापन हामीले मिलाएकै छौं । अन्यत्र पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा र नेपाल सरकारको जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहने इकाई जस्तो तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्महरुमा पनि व्यवस्थापन गरेर त्यही गएर पनि तेस्रो डोज लगाउने व्यवस्था मिलाईएको छ । जसले गर्दाखेरी भ्याक्सिन भर्खर सुरु हुँदैछ । त्यसमा त्यस्तो अप्ठ्यारो महसुस छैन ।’