१२ मंसिर २०८१, बुधबार
,
Latest
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी मार्फामा बढ्दै पर्यटक राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । “यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ”, सभापति देउवाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुन:स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदको समर्पण र बलिदानको उच्च कदर गर्नुहुँदै संविधान दिवसका अवसरमा उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका अग्रज नेतागण, विभिन्न आन्दोलनका क्रममा ज्यानको  आहुति दिने वीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, सङ्घर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्व, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।