२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्नु भएको छ ।

प्रस्थानका क्रममा उहाँलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो । विदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु जानुभएको थियो ।

उहाँसँगै मनोनयनमा हुनुभएका परशुराम नगरपालिकाका प्रमुख भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गर्नुभएको छ ।

भाद्र २७ गते महासभाको औपचारिक उद्घाटन भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा सुरु भएको हो ।

महासभा वैठकअन्तर्गतको समिट अफ द फ्युचरमा उपप्रमुख सहभागी हुन उहाँलाई काठमाडौँस्थित युएनको प्रतिनिधि कार्यालय र नेपाल सरकारले, युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपप्रमुख सहभागी हुनुहुनेछ । उपप्रमुखको सचिवालय प्रमुख गौत्तमका अनुसार समिटका अतिरिक्त संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा उपप्रमुख डंगोलले सहभागिता जनाउनुहुनेछ ।

औपचारिक कार्यक्रम सुरु भए पनि उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु हुनेछ । यो छलफल असोज १२ गतेसम्म चल्नेछ । महासभाको समापन असोज १४ मा हुने कार्यतालिका छ । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीले असोज १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिएका छन् । यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणमा कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुनेछ ।