२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था छैन्ः उपत्यका मेयर फोरम

कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था छैन्ः उपत्यका मेयर फोरम
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताएका छन् ।

चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो ।

मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताए ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छौं।’ –उनको भनाइ थियो ।

मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।

झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ ।

छोराछोरीलाई विद्यालय पठाउने विषयमा अभिभावकको मुख्य भूमिका रहने भएकाले अभिभावकसँग पनि परामर्श लिनुपर्ने फोरमले जनाएको छ ।

‘अहिले त टोलैपिच्छे, संक्रमित देखिन थालेका छन्, देशैभरका विभिन्न तहका व्यक्ति बस्ने राजधानीका विद्यालयको अवस्थाबारे अध्ययन नगरी हचुवाको भरमा विद्यालय खोल्ने पक्षमा मेयर फोरम नरहेको शाक्यले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अहिले नै विद्यालय खोल्न हतार नभएको तर्क गर्दै सो विषयमा गम्भीर बहस आवश्यक रहेको बताए । ‘हामी आज सोमबार बैठक बसेर केही निर्णय गर्नेछौं, विकल्पबारे सोच्नेछौं।’ –उनले भने ।

मेयर महर्जनले विद्यालय खोल्ने विषयमा मेयर फोरमले एउटै धारणा तय गर्नुपर्ने बताए ।

उनले भने– ‘काठमाडौं र ललितपुर एउटै जिल्ला जस्तो छ, काठमाडौंका विद्यार्थी ललितपुर र ललितपुरका विद्यार्थी काठमाडौंमा पढ्न जाने भएकाले सामूहिक निर्णय आवश्यक छ ।’

हाल काठमाडौं उपत्यकामा झन्डै २ हजार ५ सयको हाराहारीमा निजी तथा सरकारी विद्यालय रहेका छन् ।

सबै विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेपछि कसरी खोल्न सकिन्छ भन्ने विषयमा स्थानीय निकाय आन्तरिक छलफलमा जुटेको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले जारी गरेको कार्यढाँचा काजगी घोडाजस्तो भएको तर्क गर्दै अभिभावकको सहभागिताविना तयार भएको सो सामग्रीको औचित्य नभएको आरोप लगाए ।

उनले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यही अवस्थामा विद्यालय खुल्न नसक्ने बताए । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनुकूलताको आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको जानकारी दिए ।

उनले भने– ‘विद्यालय खोल्नुअघि आन्तरिक कार्ययोजना तयार पारी अवस्था विश्लेषण गर्नु आवश्यक छ ।’

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो ।

कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन । करिब एक महिनाअघि हुम्लाका स्थानीय तहले विद्यालय खोलेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पाँच दिनअघिदेखि सबै विद्यालय बन्द गरिएको छ ।

उपत्यका मेयर फोरमले करिब तीन साता लामो कडा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको अवस्थामा विद्यालय खोल्ने सम्भावना झिनो देखिएको छ ।

अभिभावको सम्पत्ति भनेकै छोराछोरी हुन्, यस्तो अवस्थामा छोराछोरीलाई कसरी विद्यालय पठाउने भन्ने विषयमा सबैले सोच्नुपर्ने अवस्था आएको मेयर फोरमका अध्यक्ष शाक्यले बताए ।

उता प्याब्सनका सल्लाहकार समितिको केही दिनअघि बसेको भुर्चुअल बैठकले अहिलेको अवस्थामा विद्यालय खोल्ने विषय व्यावहारिक नहुने बताएका थिए । उनीहरुले अब विद्यालय खोल्ने विषयमा निर्णय गर्दा सबै सरोकारवालाबीचको सहमति आवश्यक रहेको उनीहरुको धारणा छ । नेपाल समाचारपत्र दैनिक