९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश गम्भीर संकटमा रहेकाले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताउनु भयो । उहाँले काँग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्न नहुने बताउनु भयो । उहाँले साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताउनु भयो । उहाँले ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छन् । यो दुई पार्टी एक ठाउँमा आउने कुरालाई हामीले केवल राजनीतिक अर्थमा बुझ्यौँ, अथवा काँग्रेस, एमाले लगायतका दलले राजनीतिक अर्थमा बुझे, अरु साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने, फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौँ भने हामीले यो संस्कृतिको प्रतिनिधित्व गरेको, सम्मान गरेको भन्ने बुझिँदैन । दुई वटा ठूला दल एक ठाउँमा आउनुको अर्थ के हो भने ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी छ । सदावाहर ०४८ पछि प्रतिष्पर्धा गर्ने यि दुई दलहरु हुन् ।’

‘यि दुई दलहरु एक ठाउँमा आउनुको अर्थ देश अफ्ठ्यारोमा छ । हामी एक ठाउँमा, हाम्रा आफ्ना इगोहरुलाई हाम्रो, आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई तिनलाई हामीले अहिले युद्धविराम गरेर तिनलाई स्थगन गरेर हामी देशको परिवर्तन चाहन्छौँ । हामीले संविधान संशोधनको कुरा गर्ने सन्दर्भमा दुई दलले मात्रै संविधान संशोधन गरेर सम्भव पनि छैन । त्यसमा माओवादीको, समाजवादीको, राप्रपा, रास्वपा, जसपा, लोसपा सबैको साथ र सहयोग चाहिन्छ । ति हिसावले पनि यि दुई दल एक ठाउँमा उभिनुको अर्थ हो । दुई वटा मुल दल प्रतिष्पर्धा गर्दैछन् भने हामी जोजो जहाँ छौँ, हामी विद्यार्थी राजनीति गर्दैछौँ भने त्यहाँ पनि तिक्ततालाई कम गर्नुपर्छ । कर्मचारीमा छाँै भने त्यहाँ पनि तिक्ततालाई कमी गर्नुपर्छ ।’

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताउनु भयो । राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताउनु भयो ।