३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन



अ+ अ-

ढोरपाटन । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।

तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार निर्माणमा जोड दिइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । गाउँ तथा सहरका युवा पुस्ता घुमफिरमा रम्न थालेपछि बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेको उहाँले बताउनुभयो ।

एक दशक अगाडिसम्म सुनासन रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । वर्षौँ अगाडिदेखि चर्चामा रहेका पर्यटकीय क्षेत्रसहित नयाँ गन्तव्यमा आन्तरिक पर्यटक पुग्न थालेका मगरले उल्लेख गर्नुभयो । ढोरपाटन उपत्यका, गाईघाट झरना, बागलुङ कालिका, पञ्चकोट, गाजाको दहलगायत दर्जनौँ पर्यटकस्थल वर्षौँदेखि चर्चामा रहेका भन्दै पछिल्लो पाँच वर्षमा बुकीपाटन, रिगताल, बराहताल, पातीहाल्ने, टेवाको मूर्तिकला चर्चामा आउन थालेका उहाँको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष बुढा मगरले बराहताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड बढी लगानी भइसकेको जानकारी दिनुभयो । यहाँ पूर्वधार निर्माण हुनुपूर्व कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउनेको कमी थियो । पालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायत संरचना बनाएपछि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका उहाँले बताउनुभयो ।

अध्यक्ष मगरले भन्नुभयो, “बराहताल आकर्षक छ, यहाँबाट उच्च पहाडी क्षेत्रसहित हिमशृङ्खला देख्न सकिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हिउँदमा लालीगुराँसले राताम्य बन्ने बराहताल क्षेत्र रोमाञ्चक देखिन्छ, समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको पूर्वाधार विकास गर्न प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पनि गत वर्षदेखि बढी चर्चामा आएको छ । बुकी क्षेत्र ट्रेकिङ गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ढोरपाटन उपत्यकाबाट करिब चार घण्टाको पैदलयात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्दछ ।

बुकीपाटन चढ्ने याम साउनदेखि असोजसम्म भएका यस सिजनमा करिब दुई हजार बढी पर्यटक यहाँ पुग्ने गरेका स्थानीय श्याम पुन मगरले बताउनुभयो । पहिले ढोरपाटन उपत्यका आएर फर्किने पर्यटक अहिले हिँडेरै बुकीपाटन आउने गरेका उहाँले जानकारी दिनुभयो । बुकीपाटनमा हजारौँको सङ्ख्यामा भेडाका बथान, गोठाला र मनमोहक उच्च पहाडसहित दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिने पुनले उल्लेख गर्नुभयो ।

बुटवलबाट यहाँ आउनु भएका विवेक शर्माले बुकीपाटन मनोरम रहेको बताउनुभयो । ढोरपाटनसम्म गाडीमा पुगेर चार घण्टा पैदल यात्रामार्फत यहाँ पुगेको उहाँले जानकारी दिनुभयो ।

ढोरपाटनबाट पदैलयात्रा गरेर बुकी पुग्दा वन्यजन्त, चराचुरुङ्गी, खोलानाला, गोठाला र प्रकृतिसँग रमाउन पाइने भन्दै ठाउँ–ठाउँमा बुकी क्षेत्रको नामसहित सूचनासहितको जानकारी राख्नु आवश्यक रहेको शर्माले बताउनुभयो । बुकीपाटन पुग्न बाटोमा शौचालय र विश्रामस्थल निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस