२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु कास्कीको प्रर्दशन



अ+ अ-

पोखरा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरोध जनाउँदै एमालेको भातृ संगठन अनेरास्ववियुले प्रर्दशन गरेको छ । 

मूल्यवृद्धि फिर्ता लिन मागसहित अखिल कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्‍याउँदै विरोध प्रर्दशन गरेको हो ।

पोखराको मानव अधिकारचोकदेखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटर नचलाई डोहोर्‍याएका थिए । 

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

योसँगै पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ, डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरिएको छ ।