३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण अन्तिम चरणमा



अ+ अ-

तनहुँ । तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुङ्गिनेछ । यसको करिब दुई किमि दूरीको छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

बन्दीपुरका गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले निर्माण कम्पनीका ढिलाइ हुन गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आउँदो पुस महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीले तीव्रता दिइएको छ,अहिले दैनिक २० देखि २५ जना जनशक्ति परिचालन गरिएको छ ।”

मुकुन्देश्वरीडाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनि ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने छ । ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्षदेखि सुरु गरिएको हो ।

उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

अध्यक्ष थापाका अनुसार मिनिग्रेटवालको बाँकी दूरीमा दुवैतर्फ पर्खाल लगाउने, पर्खालको दायाँबायाँ भित्तामा ढुङ्गा छाप्ने, दायाँबायाँ भित्तामा बत्ती जडानगर्ने लगायतका कार्य भइरहेको छ,जुन आकर्षण किसिमको बनाइनेछ ।

मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकाले पर्यटकका लागि नौलोपन हुनेछ, पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताउनुभयो । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशङ्खृला, पहाड, टाकुरा हेर्न सकिन्छ ।

पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम शृङ्खलाका सयौँं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आर्कषण दोहोरो लाइण्न मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिदपार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् । बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखेनाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।