२५ आश्विन २०८१, शुक्रबार
,
Latest
राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा चाडपर्वमा चिनीको अभाव हुँदैन: साल्टट्रेडिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले महाकाली राजमार्ग अवरुद्ध



अ+ अ-

बैतडी । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गर्नुभयो ।