३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन: स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ ।

बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो । उहाँले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताउनु भयो । उहाँले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गर्नुभयो । उहाँले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताउनु भयो । उहाँले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गर्नुभयो । खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ । खाद्य स्वास्थ्यको मुख्य विषय हो । तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो ।’

मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताउनु भयो ।