३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्ताका बालबालिकाहरु असक्षम छैनन्: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताउनु भयो । उहाँले शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गर्नुभयो । उहाँले नयाँ पुस्ताका बालबालिकाहरु असक्षम नरहेको भन्दै उनीहरुले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरुलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरु लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए रु विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरुको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुची भएकालोई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन । शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रुपमा बालबालिकालाई शिक्षा दिनुपर्छ । अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ । आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा अब खासगरी शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँछु ।’

प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताउनु भयो । उहाँले शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताउनु भयो ।