८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा



अ+ अ-

काठमाडौँ । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो ।

सोमबार यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै उक्त पुस्तक पढेर युरोपेलीमात्र नभइ अन्य देशका अङ्ग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न सकिन्न भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल उक्त मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिनुभयो ।

यहाँस्थित रोमानियका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताउनुभयो ।

नयाँदिल्लीमा रहेर नेपाल र श्रीलङ्काको सहप्रमाणिकरणको समेत जिम्मेवारीमा रहनुभएकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तरराष्ट्रिय रेडक्रसमा आबद्ध भएका बेला नेपालमा सेवा गर्नुभएको थियो ।