२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

‘नेपाल’ सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा अग्रस्थानमा

‘नेपाल’ सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा अग्रस्थानमा
अ अ+ अ-

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

देश संक्रमणमुक्त (प्रतिशतमा)
भुटान               ९४.२४
भारत               ९३.६७
माल्दिभ्स          ९१.९९
नेपाल               ९०.९०
पाकिस्तान         ८७.७८
बंगलादेश          ८१.०१
अफगानिस्तान    ७९.९६
श्रीलंका             ७१.८७

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ । वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । हालसम्म कुल संक्रमितमध्ये ९१ दशमलव ९९ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १२ हजार ६ सय ८ जनामध्ये ११ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म माल्दिभ्समा ४६ जनाको मृत्यु भएको वल्र्डमिटरमा उल्लेख छ ।

पाकिस्तानमा कुल संक्रमितमध्ये ८७ दशमलव ७८ प्रतिशत संक्रमणमुक्त भएका छन् । वल्र्डमिटरका अनुसार कुल संक्रमित ३ लाख ७६ हजार ९ सय २९ जनामध्ये ३ लाख ३० हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाकिस्तानमा ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै, बंगलादेशमा कुल संक्रमितमध्ये ८१ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ४ लाख ४७ हजार ३ सय ४१ जनामध्ये ३ लाख ६२ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

यस्तै, अफगानिस्तानमा कुल संक्रमितमध्ये ७९ दशमलव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ९ सय ७६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

यस्तै, श्रीलंकामा कुल संक्रमितमध्ये ७१ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित २० हजार १ सय ७१ जनामध्ये १४ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित ८७ जनाको मृत्यु भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरले जनाएको छ । राजधानी दैनिक