२ आश्विन २०८१, बुधबार
,
Latest
संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ: उपसभापति वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगिको आरोपमा क्लिन चिट पाएको बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताउनुभएको हो ।

उहाँले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताउनु भयो । उहाँले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताउनु भयो । उहाँले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भुमिका छन भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मख्सदले संसदीय समितिको माग गरिएको थियो पहिला । त्यो पूर्ण रुपमा खारेज भएको छ । रकम आइसकेपछि गोर्खा मिडियामा एउटा अधिकारीको हिसाबले जिम्मेवारी कति बहन गर्ने, दायित्व कति हुन्छ भन्ने कुराको कानुनी निक्र्यौल गर्दै सामान्य अनुसन्धान लगायतका काम, कारबाही गर्नको लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ । जुन मुल आरोपबाट । अरु ठगहरु, वास्तविक ठगहरु, ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरु पनि यो बाट उजागर भएको छ । शुरुमा राजनीतिक क्षेप्यास्त्रको रुपमा यसलाई दुरुपयोग गर्न खोजिएपनि अन्तत्वोगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको छ ।’

उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने बताउनु भयो ।